माउन्टेन इनर्जीद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । माउन्टेन इनर्जी नेपालले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको संचालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै […]

Dec 3, 2024 - 10:24
 0
माउन्टेन इनर्जीद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । माउन्टेन इनर्जी नेपालले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

माउन्टेन इनर्जीले सो लाभांशका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register