समृद्धि फाइनान्सद्धारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न

काठमाडौँ । समृद्धि फाइनान्सले विभिन्न सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मंसिर २१ गते संस्थाको जनकपुर शाखाबाट विवाह पञ्चमीको अवसरमा जनकपुर ३ स्थित राजदेवी मन्दिरको नजिकै कारीब २५० भक्तजनहरुलाई पिउने पानी तथा चिया बितरण गरेर सामाजिक कार्यक्रम सम्पन्न गरेको हो । मंसिर २२ गते शनिबारको दिन संस्थाको नारायणगढ शाखाबाट नारायणी किनार स्थित देवघाट धाममा सरसफाई […]

Dec 8, 2024 - 11:19
 0
समृद्धि फाइनान्सद्धारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न

काठमाडौँ । समृद्धि फाइनान्सले विभिन्न सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मंसिर २१ गते संस्थाको जनकपुर शाखाबाट विवाह पञ्चमीको अवसरमा जनकपुर ३ स्थित राजदेवी मन्दिरको नजिकै कारीब २५० भक्तजनहरुलाई पिउने पानी तथा चिया बितरण गरेर सामाजिक कार्यक्रम सम्पन्न गरेको हो ।

मंसिर २२ गते शनिबारको दिन संस्थाको नारायणगढ शाखाबाट नारायणी किनार स्थित देवघाट धाममा सरसफाई कार्यक्रम र मधुवन शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रम मधुवन स्थित बहरदार टोलका ३५ जना स्थानीय बासिन्दा बीच, वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register