शेष घलेले बोलाए एनआरएनए उच्चस्तरीय समितिको दोस्रो बैठक

लन्डन- शेष घले नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको दोस्रो बैठक आउँदो १६ डिसेम्बर सोमबार बस्ने भएको छ । घलेले संघको काठमाडौंमा रहेको सचिवालयमा बस्ने गरी दोस्रो बैठक बोलाएको समितिका एक सदस्यले जानकारी दिए । यसअघि नोभेम्बर १९ तारिखमा समितिको पहिलो बैठक बसेको थियो । पहिलो बैठकमा डा. बद्री केसी र भवन भट्टमात्रै […]

Dec 9, 2024 - 17:37
 0
शेष घलेले बोलाए एनआरएनए उच्चस्तरीय समितिको दोस्रो बैठक


लन्डन- शेष घले नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको दोस्रो बैठक आउँदो १६ डिसेम्बर सोमबार बस्ने भएको छ ।

घलेले संघको काठमाडौंमा रहेको सचिवालयमा बस्ने गरी दोस्रो बैठक बोलाएको समितिका एक सदस्यले जानकारी दिए ।

यसअघि नोभेम्बर १९ तारिखमा समितिको पहिलो बैठक बसेको थियो । पहिलो बैठकमा डा. बद्री केसी र भवन भट्टमात्रै अनुपस्थित थिए । 

पहिलो बैठक एनआरएनए सचिवालयमा बोलाइएकोमा त्यसदिन कार्यालय बन्द गरिएपछि एक होटेलमा बसेको थियो । पहिलो बैठकले आगामी ६ महिना अर्थात मे २०२५  (जेठ २०८२) भित्र एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो ।  

यसैगरी बैठकले एकताको महाधिवेशन सहजीकरणका लागि प्रतिनिधि पठाउन परराष्ट्र र कानुन मन्त्रालयलाई पत्र लेख्ने साथै महाधिवेशन गर्नका लागि कार्यविधि बनाउन सहजीकरणका लागि परराष्ट्रलाई अर्को छुट्टै पत्र लेख्ने निर्णय गरेको थियो ।

पहिलो बैठकका निर्णयहरु कार्यान्वयनका सन्दर्भमा दोस्रो बैठकमा छलफल हुने बताइएको छ ।

पहिलो बैठकमा संयोजक घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, विनोद कुँवर, रविना थापा र जानकी गुरुङ भौतिक रूपमा उपस्थित थिए । 

यसैगरी, जीवा लामिछाने, देवमान हिराचन, कुमार पन्त, कुल आचार्य, रामप्रताप थापा र उमेश कुमार पुडासैनी भने भर्चुअलरुपमा जोडिएका थिए ।

उच्च स्तरिय समितिका सदस्यहरुले एनआरएनएमा एकताको विकल्प नभएको भन्दै सबैलाई मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

एनआरएनएको दशौं अधिवेशनका बेला विवाद भएपछि त्यतिबेलाको ८१ औं बैठकले घल नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । समितिमा पनि सहमति नहुँदा दशौं अधिवेशनमा दुई समूहमा अनौपचारिकरुपमा विभाजित भएको थियो ।

घले समूहले विनोद कुँवरलाई अध्यक्ष बनाएको थियो भने संस्थापन पक्षले तीन जन अध्यक्ष (कुल आचार्य, रविना थापा र बद्री केसी) लाई बनाएको थियो ।

दशौं अधिवेशनको आधिकारिकता दावी गर्दै कुँवर समूहले दायर गरेको रिटमा सर्वोच्चले उच्चस्तरीय समितिलाई पहिलो बैठक बसेको ६ महिना भित्र एकताको महाधिवेशन गर्नका लागि गत चैत २१ गते आदेश दिएको थियो । सोही आदेश अनुसार घलेले उच्चस्तरीय समितिको बैठक बोलाएर अधिवेशन गर्ने पहल गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register