गुगलको नयाँ चिप, जसको गतिले पार्नेछ अचम्म

काठमाडौं । गुगलले एक नयाँ अत्याधुनिक चिप सार्वजनिक गरेको छ । उक्त चिपले विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरलाई पनि दस सेप्टिलियन वर्ष (१०,०००,०००,०००,०००,०००,०००,०००,००० वर्ष) लाग्ने समस्या ५ मिनेटमै समाधान गर्ने दाबी छ । पार्टिकल फिजिक्सका सिद्धान्त प्रयोग गरी यो चिपबाट नयाँ प्रकारको अत्यन्त शक्तिशाली कम्प्युटर बनाउने प्रयास भइरहेको छ । गुगलले यसको नाम राखेको छ […]

Dec 10, 2024 - 08:19
 0
गुगलको नयाँ चिप, जसको गतिले पार्नेछ अचम्म

काठमाडौं । गुगलले एक नयाँ अत्याधुनिक चिप सार्वजनिक गरेको छ ।

उक्त चिपले विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरलाई पनि दस सेप्टिलियन वर्ष (१०,०००,०००,०००,०००,०००,०००,०००,००० वर्ष) लाग्ने समस्या ५ मिनेटमै समाधान गर्ने दाबी छ ।

पार्टिकल फिजिक्सका सिद्धान्त प्रयोग गरी यो चिपबाट नयाँ प्रकारको अत्यन्त शक्तिशाली कम्प्युटर बनाउने प्रयास भइरहेको छ ।

गुगलले यसको नाम राखेको छ – विलो ।

गुगलले आफ्नो चिप अभूतपूर्व उपलब्धि भएको बताएको छ ।

यद्यपि, विलो अझै पनि धेरै हदसम्म प्रयोगात्मक यन्त्र हो, जसको अर्थ वास्तविक-विश्व समस्या समाधान गर्न सक्षम र शक्तिशाली क्वान्टम कम्प्युटर अझै वर्षौं टाढा रहेको विज्ञहरू बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register