सिन्धु विकास बैंकका नवनियुक्त सीईओ देवकोटाद्वारा पदभार ग्रहण 

काठमाडौँ । सिन्धु विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले पदभार सम्हालेका छन् । पुष २६ गते (शुक्रबार) देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा एक समारोहका बीच पदभार सम्हालेका हुन् ।  देवकोटालाई बैंकको सञ्चालक समितिले आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त गरेको हो ।  सीईओको पदभार सम्हाल्दै देवकोटाले संस्थागत सुशासन र नियमकीय अनुपालना आफ्नो […]

Jan 10, 2025 - 10:54
 0
सिन्धु विकास बैंकका नवनियुक्त सीईओ देवकोटाद्वारा पदभार ग्रहण 

काठमाडौँ । सिन्धु विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले पदभार सम्हालेका छन् । पुष २६ गते (शुक्रबार) देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा एक समारोहका बीच पदभार सम्हालेका हुन् । 

देवकोटालाई बैंकको सञ्चालक समितिले आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त गरेको हो । 

सीईओको पदभार सम्हाल्दै देवकोटाले संस्थागत सुशासन र नियमकीय अनुपालना आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । उनले अहिलेको विषम परिस्थितिलाई चिर्दै आगामी दिनमा बैंकलाई सबल, सक्षम र उदाहरणीय बैंक बनाउने योजना रहेको बताएका छन् । 

करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटाले आफ्नो बैंकिङ करियर वि.सं. २०६२ सालमा नेपाल बैक लिमिटेडबाट सुरु गरेका हुन् । उनले लामो समय नेपाल बङ्गलादेश बैंकमा बिताएका थिए । देवकोटाले नेपाल बङ्गलादेश बैकमा रहँदा प्रमुख वित्त अधिकृत, प्रमुख संचालन अधिकृत, प्रमुख जोखिम अधिकृत लगायतका कार्यकारी पदमा जिम्मेवारी सम्हालेका थिए । तत्कालीन नेपाल बङ्गलादेश बैक नबिल बैकमा गाभिए पश्चात देवकोटाले नबिल बैकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए । देवकोटाले नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलर स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै करिब एक वर्ष उक्त संस्थाको कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेका थिए । 

व्यवसायिक रुपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व पार्षद् समेत हुन् । उनी नेपाल लेखामान बोर्डका सदस्य समेत रहेका थिए । 

देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लगायतका संस्थाहरुमा संचालक सदस्यको रुपमा पनि कार्य गरिसकेका छन् । बैकिङ्ग, वित्तिय क्षेत्र र पुँजी बजारमा विशेष दख्खल राख्ने देवकोटाको नेतृत्वमा सिन्धु विकास बैकले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास बैक संचालक समितिले लिएको छ । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शास्त्रमा स्नातकोत्तर र कानुन विषयमा एलएलबी पनि गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register