समृद्धि फाइनान्सद्वारा विपन्न वर्गलाई न्यानो कपडा वितरण

काठमाडौँ । समृद्धि फाइनान्सले विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेको छ । फाइनान्सले पुष २५ गते बिहीबार कसहा शाखाबाट न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शाखा कार्यालय आसपासको धनगढीमाइ नगरपालिका ६, ७ र ८ का अति विपन्न, असहाय जेष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा धनगढीमाइ नगरपालिका वडा नं. ६ का अध्यक्ष […]

Jan 10, 2025 - 10:00
 0
समृद्धि फाइनान्सद्वारा विपन्न वर्गलाई न्यानो कपडा वितरण

काठमाडौँ । समृद्धि फाइनान्सले विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेको छ । फाइनान्सले पुष २५ गते बिहीबार कसहा शाखाबाट न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शाखा कार्यालय आसपासको धनगढीमाइ नगरपालिका ६, ७ र ८ का अति विपन्न, असहाय जेष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा धनगढीमाइ नगरपालिका वडा नं. ६ का अध्यक्ष भगलु महतो, वडा नं. ७ का अध्यक्ष बिजय कुमार महतो, वडा नं. ८ का अध्यक्ष रामभरोश महतो, पद्मोदय फाउन्डेसनका सचिव राजकुमार महतो, नेपाल रेडक्रस सोसाइटी शाखा धनगढीका अध्यक्ष गङाराम यादव साथै वडा सदस्यहरूको उपस्थिति रहेको थियो ।

साथै, यस्ता कार्यक्रमले स्थानीय न्यून आय भएका जनतालाई जाडोमा ठूलो राहत पुगेकोले फाइनान्सलाई उपस्थित सबैले धन्यबाद दिएका थिए ।

कसहाका शाखा प्रबन्धक प्रदीप महतोले कार्यक्रममार्फत २५ जना अति विपन्न र असहाय जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register