शान्ति मिसनमा २२५ जनाको टोली मध्य अफ्रिकी प्रस्थान

काठमाडौं । बुधबार २२५ जना शान्ति सैनिकहरुको टोली मिसन इलाकातर्फ प्रस्थान गरेको छ । यूएन मिसन अन्तर्गत महावीर गणको दोस्राे डफ्फालाई बदली गर्नको लागि युद्धभैरव गण(शान्ति सेना) तेस्राे डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी प्रमोद कुमार शर्माको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मध्य अफ्रिकी गणतन्त्र प्रस्थान गरेको हो । यसअघि सोही […]

Dec 11, 2024 - 13:06
 0
शान्ति मिसनमा २२५ जनाको टोली मध्य अफ्रिकी प्रस्थान

काठमाडौं ।

बुधबार २२५ जना शान्ति सैनिकहरुको टोली मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

यूएन मिसन अन्तर्गत महावीर गणको दोस्राे डफ्फालाई बदली गर्नको लागि युद्धभैरव गण(शान्ति सेना) तेस्राे डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी प्रमोद कुमार शर्माको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मध्य अफ्रिकी गणतन्त्र प्रस्थान गरेको हो ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोस्राे डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू सेनानी हरी कुमार पाण्डेको नेतृत्वमा मंसिर २५ गते नै स्वदेश फिर्ता भएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register