सन् २०३४ को विश्वकप फूटबल साउदी अरेबियाले आयोजना गर्ने निश्चित

काठमाडौं । सन् २०३४ विश्वकप फूटबलको आयोजना गर्ने अधिकार खाडी राष्ट्र साउदी अरेबियाले पाएको छ । अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)ले बुधबार राति साउदी अरेबिया आयोजक भएको आधिकारिक घोषणा गरेको हो । यसअघि अन्तिम प्रतिस्पर्धामा अष्ट्रेलियाले नाम झिकेपछि साउदी अरेबिया एक्लो दाबेदार भएको थियाे । अहिले उसलाई आधिकारिक रुपमै आयोजक घोषणा गरिएको हो । साथै सन् […]

Dec 12, 2024 - 00:19
 0
सन् २०३४ को विश्वकप फूटबल साउदी अरेबियाले आयोजना गर्ने निश्चित

काठमाडौं । सन् २०३४ विश्वकप फूटबलको आयोजना गर्ने अधिकार खाडी राष्ट्र साउदी अरेबियाले पाएको छ ।

अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)ले बुधबार राति साउदी अरेबिया आयोजक भएको आधिकारिक घोषणा गरेको हो ।

यसअघि अन्तिम प्रतिस्पर्धामा अष्ट्रेलियाले नाम झिकेपछि साउदी अरेबिया एक्लो दाबेदार भएको थियाे । अहिले उसलाई आधिकारिक रुपमै आयोजक घोषणा गरिएको हो ।

साथै सन् २०३० को फिफा विश्वकपको आयोजक राष्ट्रको नाम पनि घोषणा गरिएको छ ।

स्पेन, पोर्चुगल र मोरक्कोलाई सन् २०३० को विश्वकपको संयुक्त आयोजनाको अधिकार दिइएको छ ।

विश्वकप फुटबलको १०० वर्ष पूरा भएको स्मरणमा सन् २०३० को विश्वकपका तीन खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि खेलाइने भएको छ ।

सन् २०२२ मा अर्को खाडी राष्ट्र कतारमा फिफा विश्वकप आयोजना भएको थियो ।

यस विश्वकपको फाइनल खेलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो ।

यस विश्वकपको समूह चरणको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई हराएर सनसनी मच्चाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register