एनपीएलका चौकाबापत एनसेलले १५०० शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले बुधबारसम्म एनपीएल खेलहरूमा हानिएका कुल ३७५ चौका बापत १५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने भएको छ । यी सामग्रीहरू दुर्गम र ग्रामीण भेगका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई वितरण गरिनेछ । गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका बापत चार वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो […]

Dec 12, 2024 - 08:07
 0
एनपीएलका चौकाबापत एनसेलले १५०० शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले बुधबारसम्म एनपीएल खेलहरूमा हानिएका कुल ३७५ चौका बापत १५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने भएको छ ।

यी सामग्रीहरू दुर्गम र ग्रामीण भेगका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई वितरण गरिनेछ । गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका बापत चार वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो ।

बुधबारसम्म खेलिएका १९ वटा खेलहरूमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन् । लुम्बिनी लायन्सका क्याप्टेन रोहित कुमार पौडेलले सबैभन्दा बढी २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् ।

जनकपुर बोल्टका लाहिरु मिलन्थाले अहिले सम्मको दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन् ।

यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्री जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजर लगायतका सामग्री समावेश हुनेछन् ।

यी सामग्रीले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने विश्वास लिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register