गिरीबन्धु टी–स्टेटमा बम राख्नेलाई पर्साबाट झापा लगियो

काठमाडौं । गिरीबन्धु टी–स्टेटमा बम राखेका अमृत सापकोटासहित २ जनालाई झापा लगिएको छ । बम विस्फोट र चन्दा असुलेको आरोपमा पर्सामा पक्राउ परेका अमृत सापकोटा उर्फ गौरव र दिलीप भट्टराई उर्फ समर्पणलाई झापा लगिएको हो । उनीहरूले भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर उनीहरूले बम आतङ्क र चन्दा असुली गर्दै आएका छन् । […]

Dec 13, 2024 - 09:23
 0
गिरीबन्धु टी–स्टेटमा बम राख्नेलाई पर्साबाट झापा लगियो

काठमाडौं । गिरीबन्धु टी–स्टेटमा बम राखेका अमृत सापकोटासहित २ जनालाई झापा लगिएको छ ।

बम विस्फोट र चन्दा असुलेको आरोपमा पर्सामा पक्राउ परेका अमृत सापकोटा उर्फ गौरव र दिलीप भट्टराई उर्फ समर्पणलाई झापा लगिएको हो ।

उनीहरूले भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर उनीहरूले बम आतङ्क र चन्दा असुली गर्दै आएका छन् ।

गोरखा घर भएका ३६ वर्षीय सापकोटा र खोटाङ घर भएका ३५ वर्षीय भट्टराईलाई गिरिबन्धु टी–स्टेटमा बम राखेको घट्नामा अनुसन्धानका लागि झापा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए ।

आरोपीहरूले गत भदौ २८ मा झापा बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी स्टेटको कम्पाउन्डमा कुकर बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register