सूर्य थापा भन्छन्- तथ्य नभएपछि रवि लामिछाने गाली गलौजमा उत्रिए

काठमाडौं । सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले तथ्य र आधार नभएपछि रवि लामिछाने गाली गलौजमा उत्रिएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा सन्देश लेख्दै सभापति थापाले लामिछानेसँग तथ्य, तर्क र आधार नभएपछि गाली गलौजमा उत्रिएको बताएका हुन् । संसदीय छानबिन समितिले विभिन्न सहकारीको रकम गोरखा मिडियामा […]

Dec 13, 2024 - 10:51
 0
सूर्य थापा भन्छन्- तथ्य नभएपछि रवि लामिछाने गाली गलौजमा उत्रिए

काठमाडौं । सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले तथ्य र आधार नभएपछि रवि लामिछाने गाली गलौजमा उत्रिएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा सन्देश लेख्दै सभापति थापाले लामिछानेसँग तथ्य, तर्क र आधार नभएपछि गाली गलौजमा उत्रिएको बताएका हुन् ।

संसदीय छानबिन समितिले विभिन्न सहकारीको रकम गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको निष्कर्षसहित रवि लामिछानेलगायत ४ जनाविरुद्ध कारबाहीको सिफारिश गरेको थियो ।

तर, लामिछानेले बिहीबार कास्की जिल्ला अदालतमा आफूलाई सहकारी ठगीको नाममा दुःख दिइएको भन्दै आक्रोश पोखेका थिए ।

‘रविले गरेको ‘क्लिन चिट’को भ्रम र ‘प्रतिशोध’को नाममा कपटपूर्ण नाटकसँगै आफूविरुद्ध ‘हेट च्याम्पियन’ र ‘गालीगलौज’ पाँच जिल्ला पुगेर पोखरा फर्किएपछि अदालतसमक्ष छताछुल्ल पोखिएछ,’ थापाले लेखेका छन् ।
संसदीय छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वयनमा लगेपछि प्रहरीले सहकारी ठगीमा लामिछानेविरुद्ध अनुसन्धान शुरू गरेको थियो ।

‘संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाउँदा नबुझाउँदै सिर्जना गरिएको भ्रमको तुवाँलो चिरेर समाजलाई स्पष्ट पार्न र प्रतिवेदनको समग्र पक्ष, निष्कर्ष, सुझाव र सिफारिसको प्रतिरक्षा गर्नु आफूलाई प्राप्त जिम्मेवारीको निष्ठापूर्वक परिपालना र कर्तव्य निर्वाह नै थियो। समितिको प्रतिवेदन सभापतिसहित सातै जना सदस्यको सर्वसम्मतिले पारित साझा स्क्रिप्ट रहेको तथ्य जगजाहेर नै छ,’ थापाले लेखेका छन्, ‘लेनिनले भन्नुभएको छ– ‘तथ्य, तर्क र आधार नभएपछि मान्छेले गालीगलौजको सहारा लिन्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register