औद्योगिक व्यापार मेलाको दोहोरीमा खस्यौली, भ्वाईस अफ बुटवलमा किरण, टिकटकमा नेत्र र डान्समा पवनलाई उपाधि

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो दिन बुधबार सबै प्रतियोगिता सकिएको मेला प्रचार प्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराएका छन् । मेलामा आयोजना गरिएको खुल्ला लोक दोहोरी गित प्रतियोगितामा खस्यौली रोधी क्लव […]

Jan 1, 2025 - 12:46
 0
औद्योगिक व्यापार मेलाको दोहोरीमा खस्यौली, भ्वाईस अफ बुटवलमा किरण, टिकटकमा नेत्र र डान्समा पवनलाई उपाधि

बुटवल ।

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् ।

बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो दिन बुधबार सबै प्रतियोगिता सकिएको मेला प्रचार प्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराएका छन् ।

मेलामा आयोजना गरिएको खुल्ला लोक दोहोरी गित प्रतियोगितामा खस्यौली रोधी क्लव बुटवल प्रथम भएको छ । बुधबार भएको फाईनल प्रतिस्पर्धामा दरवार रोधी क्लव काठमाण्डौलाई पछि पार्दै खस्यौली प्रथम भएको हो । प्रतियोगितामा दरवार रोधी क्लव द्वितीय भएको छ । त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वागलुङ समान अंक सहित तृतीय भएका छन् ।


प्रतियोगितामा प्रथम हुने खस्यौली रोधी क्लव बुटवलको समुहलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार द्वितीय हुने दरवार रोधी क्लव काठमाण्डौंको समुहलाई ५० हजार, तृतीय हुने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वागलुङको समुहलाई समान १८ हजार हजार रुपैंया नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिएको छ ।


त्यसैगरी मेलामा आयोजना गरिएको टिकटक प्रतियोगितामा टिकटकर नेत्र न्यौपाने प्रथम, ऊषा खत्री द्वितीय र गणेश सापकोटा तृतीय हुनु भएको छ । टिकपटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिकटकर न्यौपाने, खत्री र सापकोटालाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।


बुधबार नै भ्वाईस अफ बुटवल र डान्स च्याम्स अफ बुटवलको पनि फाईनल भएको छ । मेलामा आयोजना गरिएको भ्वाईस अफ बुटवलको उपाधि रुपन्देहीको मणिग्राम निवासी प्रवेश न्यौपानेले प्राप्त गरे । भ्वाईस अफ बुटवलको उपाधि सहित न्यौपानेलाई ५५ हजार रुपैंया नगद पुरस्कार, प्रमाण पत्र, गिफ्ट ह्याम्पर प्रदान गरिएको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए ।


त्यसैगरी भ्वाईस अफ बुटवलमा पर्वत रानीपानीका पवन अधिकारी फस्ट रनर अप र देवदह ७ का सचिन विश्वकर्मा सेकेन्ड रनर अप भएका थिए । उनहरुलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र पदान गरिएको छ ।
त्यसैगरी डान्स च्याम्स अफ बुटवलको उपाधि बुटवल प्रगतिनगरका किरण मगरले प्राप्त गरेका छन् ।उनलाई उपाधि सहित ३५ हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । मेला विहिवार समापन हुने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register