“दिव्य दृष्टि” नामक पुस्तक लोकार्पित, पत्रकार काजी सम्मानित

भद्रपुर, २९ मंसिर । लागूपदार्थविरुद्धको देशव्यापी अभियानलाई थप प्रभावकारी बनाउनका लागि चेतना नेपालले भद्रपुरमा अभियानता इन्द्रप्रसाद ओलीद्वारा लिखित “दिव्य दृष्टि” नामक पुस्तकको लोकार्पण सम्पन्न गरेको छ। जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा सभापतित्व दाताराम सिटौलाले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, र विशिष्ट अतिथिका रूपमा पूर्व सांसद पुष्पराज [...] The post “दिव्य दृष्टि” नामक पुस्तक लोकार्पित, पत्रकार काजी सम्मानित appeared first on Jhapa Online.

Dec 14, 2024 - 09:48
 0
“दिव्य दृष्टि” नामक पुस्तक लोकार्पित, पत्रकार काजी सम्मानित

भद्रपुर, २९ मंसिर । लागूपदार्थविरुद्धको देशव्यापी अभियानलाई थप प्रभावकारी बनाउनका लागि चेतना नेपालले भद्रपुरमा अभियानता इन्द्रप्रसाद ओलीद्वारा लिखित “दिव्य दृष्टि” नामक पुस्तकको लोकार्पण सम्पन्न गरेको छ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा सभापतित्व दाताराम सिटौलाले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, र विशिष्ट अतिथिका रूपमा पूर्व सांसद पुष्पराज पोखरेलको उपस्थिति थियो। कार्यक्रमको उद्घाटन राज्यमन्त्री राजवंशीले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उहाँले “दिव्य दृष्टि” कृतिले लागू पदार्थविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै राज्यबाट थप सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

पुस्तकका लेखक इन्द्रप्रसाद ओलीले आफ्नो २१ वर्षदेखिको अभियानको अनुभव, लागू पदार्थका घातक प्रभावहरू र समाधानका उपायहरू पुस्तकमा समेटेको जानकारी दिनुभयो। उहाँले यो कृति सबै वर्गका नागरिकहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै लागूपदार्थविरुद्ध एकताबद्ध हुन सबै पक्षलाई आग्रह गर्नुभयो। सहप्राध्यापक ताराराज पौडेलले पुस्तकलाई सामाजिक सुधारको महत्वपूर्ण दस्तावेजका रूपमा मूल्याङ्कन गर्नुभयो। कार्यक्रममा चेतना नेपालले झापाका वरिष्ठ पत्रकार नकुल काजीलाई जन्मदिनको अवसरमा सम्मान गर्दै मानार्थ सदस्यता पनि प्रदान गर्‍यो।

पुस्तकको सामाजिक पक्षबारे विशेष श्रव्यदृश्य प्रस्तुत गर्दै समीक्षा गरिएको थियो। समाजसेवामा योगदानको कदरस्वरूप चेतना नेपालले विशिष्ट व्यक्तिहरूलाई अभिनन्दन पनि गरेको थियो। उक्त कार्यक्रममा झापाका नगर प्रमुख गणेश पोखरेल, सहायक जिल्ला अधिकारी विश्वराज नेपाली, शुरक्षा निकायका प्रमुखहरू, समाजसेवी, प्राध्यापक, उद्योगी(व्यवसायी, सञ्चारकर्मी, र स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभापति सिटौलाले “दिव्य दृष्टि” केवल पुस्तक नभई समाज सुधारको अभियानलाई बलियो बनाउने साधन भएको बताउनुभयो। चेतना नेपालले लागूपदार्थका दुष्प्रभावबारे जनचेतना फैलाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गर्‍यो। कार्यक्रममा स्वागत मन्तव्य चेतना नेपालकी सहजकर्ता कल्पना भट्टराईले स्वागत गीत प्रस्तुत गर्दै गर्नुभएको थियो।

त्यस्तै, कचनकवल गाउँपालिका उपाध्यक्ष भट्टराईले कार्यक्रममा बोल्दै भन्नुभयो, “हाम्रा उत्पादन र हाम्रा युवाहरूलाई सम्मानजनक बाँच्न आधार तयार गर्न सक्दैनौं भने हामीले चाहेको समृद्ध समाज निर्माण गर्न सक्दैनौं। यो पुस्तकले समृद्ध नेपालको परिकल्पना गरेको छ। यो परिकल्पना भयरहित समाजको हो। समाजको यो स्वरूप निर्माण गर्न राज्यका विभिन्न तहले भूमिका निर्वाह गर्नुपर्छ। साथै, सचेत नागरिक र समाजका अग्रजहरूको भूमिकाबारे पनि पुस्तकले प्रष्ट दृष्टीकोण दिएको छ।”

उहाँले “रोग लाग्नुभन्दा रोकथाम गर्न उचित हो” भन्ने सन्देश पुस्तकले दिएको बताउँदै विद्यालयलगायतका स्थानमा यसका आधारमा चेतनामूलक कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। पुस्तकको अध्ययनबाट प्राप्त सन्देशहरू व्यवहारमा लागू गर्न सके समाजमा व्याप्त लागू पदार्थ दुव्र्यसन रोक्न सकिने उहाँको धारणा थियो।

The post “दिव्य दृष्टि” नामक पुस्तक लोकार्पित, पत्रकार काजी सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register