क्यूएफएक्सका हलमा साना बालबच्चा लैजान नपाइने

काठमाडौं । क्यूएफएक्स चेनका हलमा २.५ फिटभन्दा साना बालबच्चाले प्रवेश नपाउने भएका छन् । बुधबार एक सूचना जारी गर्दै यो मल्टिप्लेक्स चेनले यस्तो निर्णय गरेको हो । हलमा तोकिएको उचाइभन्दा अग्ला वृद्धदेखि बालकसम्मका दर्शकलाई भने तोकिएको टिकट दर लागू हुने जनाएको छ । सूचनामा भनिएको छ, ‘२.५ फिटभन्दा मुनिको बालबालिकालाई सिनेमा घर भित्र प्रवेश निषेध […]

Jan 15, 2025 - 10:29
 0
क्यूएफएक्सका हलमा साना बालबच्चा लैजान नपाइने

काठमाडौं । क्यूएफएक्स चेनका हलमा २.५ फिटभन्दा साना बालबच्चाले प्रवेश नपाउने भएका छन् । बुधबार एक सूचना जारी गर्दै यो मल्टिप्लेक्स चेनले यस्तो निर्णय गरेको हो ।

हलमा तोकिएको उचाइभन्दा अग्ला वृद्धदेखि बालकसम्मका दर्शकलाई भने तोकिएको टिकट दर लागू हुने जनाएको छ । सूचनामा भनिएको छ, ‘२.५ फिटभन्दा मुनिको बालबालिकालाई सिनेमा घर भित्र प्रवेश निषेध गरिएको छ ।’

साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबच्चालाई प्रवेशमा रोक लगाइएको क्यूएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिको भनाइ छ ।

उनले हलभित्र हावाको समस्या हुने, अँध्यारो वातावरणले साना बालबच्चालाई असर पर्ने भएकाले प्रवेशमा रोक्ने निर्णय गरेको बताए । काखे बच्चालाई हलभित्र लैजाँदा अन्य दर्शकबाट मनोरञ्जनको वातावरण नभएको गुनासो पनि आएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register