रवि पक्षको बहस सकियो, सरकारी वकिलको जवाफी बहस जारी
काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्षका कानून व्यवसायी बहस सकिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेका पक्षबाट ५ कानून व्यवसायीले बहस गरे । अहिले सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । उनीहरुको बहस सकिएपछि अदालतबाट आदेश हुनेछ । अदालतले साधारण तारेख, धरौटीमा रिहा […]

काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्षका कानून व्यवसायी बहस सकिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेका पक्षबाट ५ कानून व्यवसायीले बहस गरे ।
अहिले सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् ।
उनीहरुको बहस सकिएपछि अदालतबाट आदेश हुनेछ । अदालतले साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति थुनामा पठाउनेमध्ये एक आदेश गर्नेछ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।
What's Your Reaction?






