प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर सञ्चालनमा ल्याएको छ । यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्दछ । शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ । मंसिर २२ देखि सञ्चालनमा आएको यो […]

Dec 14, 2024 - 09:51
 0
प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर सञ्चालनमा ल्याएको छ । यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्दछ । शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ ।

मंसिर २२ देखि सञ्चालनमा आएको यो अफर पुस १३ सम्म लागू रहनेछ र यो अवधिको हरेक शनिबार ग्राहकहरुले सधैं अनका निश्चित प्याकहरु र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टक टाइमको फाइदा लिन सक्छन् ।

प्याकको आधारमा, ग्राहकहरूले १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टक टाइम बोनसको रूपमा प्राप्त गर्दछन् ।

यो अफरको फाइदा लिनको लागि, ग्राहकहरूले आफ्नो डिभाइसमा एनसेल एप रहेको हुनुपर्दछ । यदि एप नभएको खण्डमा डाउनलोड गरि ग्राहकले आफ्नो एनसेल नम्बर प्रयोग गरेर लग इन वा साइन अप गर्नु पर्दछ ।

प्रत्येक शनिबार, ग्राहकहरूले एनसेल एपको फ्ल्याश सेल्स सेक्सनमा गई सधैं अन वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्न सक्छन् र खरिद पश्चाल तत्काल बोनस डेटा वा टक टाइम प्राप्त गर्न सक्छन् । यो अफर सधैं अनका रु ३९९ देखि रु ९९९ सम्मका प्याकहरु र रु ५०, रु १२५ र रु ९९९ का अनलिमिटेड डेटा प्याकहरुमा उपलब्ध रहेको छन् ।

प्याक सुचारु भएसँगै ग्राहकले बोनस डेटा र टक टाइम प्राप्त गर्दछन् । उदाहरणका लागि रु ३९९ को सधैं अन खरिद गर्ने ग्राहकले प्याकमा पाइने (८ जीबी डेटा, ३९९ मिनेट टक टाइम र ३९ वटा एसएमएस) सेवा बाहेक थप १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

त्यस्तैगरी, अनलिमिटेड डेटा प्याक खरिद गर्ने ग्राहकले पनि बोनस टक टाइम प्राप्त गर्दछन् । जस्तै ३ दिनको समयसिमा रहेको रु १२५ पर्ने अनलिमिटेड डेटा प्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टक टाइम बोनस प्राप्त गर्दछन् ।

यो अफरले बिना कुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रुपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकोले यसले विशेष महत्व राख्ने एनसेलले जनाएको छ ।

सधैं अन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register