पत्रकार महासंघ निर्वाचन : निर्मला शर्मा एक हजारभन्दा बढी मतले अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा एक हजारभन्दा बढी मतले अगाडि छिन् । शनिबार बेलुकी ७ बजेसम्मको मतगणना अनुसार शर्माले ३ हजार ९७३ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ८२९ मत पाएका छन् । उनी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् भने  प्रेस युनियनका विद्रोही विष्टलाई […]

Dec 14, 2024 - 14:31
 0
पत्रकार महासंघ निर्वाचन : निर्मला शर्मा एक हजारभन्दा बढी मतले अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा एक हजारभन्दा बढी मतले अगाडि छिन् । शनिबार बेलुकी ७ बजेसम्मको मतगणना अनुसार शर्माले ३ हजार ९७३ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ८२९ मत पाएका छन् ।

उनी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् भने  प्रेस युनियनका विद्रोही विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थन छ ।

महासंघको अध्यक्षमा शर्मा, विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि चुनावी मैदानमा छन्  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register