एपीएफले सुदूरपश्चिमलाई दियो १२७ रनको लक्ष्य, इन्दु बर्माको अर्धशतक

काठमाडौं । महिला प्रधानमन्त्री कपमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १२७ रनको लक्ष्य दिएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा एपीएफले निर्धारित  १८ ओभरमा २ विकेटको क्षतिमा १२६  रन बनाएको हो । एपीएफका लागि कप्तान इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४५ बलमा १० चौका प्रहार गर्दै ५८ रन जोडिन् । साथै, ममता चौधरीले […]

Jan 18, 2025 - 05:56
 0
एपीएफले सुदूरपश्चिमलाई दियो १२७ रनको लक्ष्य, इन्दु बर्माको अर्धशतक

काठमाडौं । महिला प्रधानमन्त्री कपमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १२७ रनको लक्ष्य दिएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा एपीएफले निर्धारित  १८ ओभरमा २ विकेटको क्षतिमा १२६  रन बनाएको हो ।

एपीएफका लागि कप्तान इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४५ बलमा १० चौका प्रहार गर्दै ५८ रन जोडिन् ।

साथै, ममता चौधरीले ३६ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि इन्दु र ममताले ८१ रनको साझेदारी गरेका थिए ।

कविता जोशीले १३ रन बनाउँदा ओपनर राजमती ऐरीले भने २ रनमै आउट भइन् ।

सुदूरपश्चिमका लागि जानकी थापाले एक विकेट लिइन् ।

खराब मौसमका कारण खेल ढिला सुरु हुँदा ओभरलाई १८ ओभरमा घटाइएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register