नेपालले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा केही समयमा सुरु हुने खेलमा बङ्गलादेशले टस जितेर फिल्डिङ रोजेको हो । नेपालको कप्तानी पूजा महतोले तथा बङ्गलादेशको सुमैया अक्तरले गर्नेछन् । दुवै टोली जित हासिल गर्दै विश्वकपमा सुखद सुरुवात गर्ने योजनामा छन् । गत डिसेम्बरमा […]

Jan 18, 2025 - 06:14
 0
नेपालले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा केही समयमा सुरु हुने खेलमा बङ्गलादेशले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपालको कप्तानी पूजा महतोले तथा बङ्गलादेशको सुमैया अक्तरले गर्नेछन् । दुवै टोली जित हासिल गर्दै विश्वकपमा सुखद सुरुवात गर्ने योजनामा छन् ।

गत डिसेम्बरमा नेपाल र बङ्गलादेशबीच भेट भएको थियो । मलेसियामै भएको यू–१९ एसिया कपमा नेपाल पराजित भएको थियो । यसर्थ आज नेपाल बङ्गलादेशसँग त्यही नतिजा उल्टाउन चाहन्छ ।

गत वर्षको नोभेम्बरमा यूएईमा विश्वकपका लागि एसियाली छनोट भएको थियो । छनोट प्रतियोगितामा नेपालसहित ४ देशको सहभागिता रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register