सूर्यदर्शन सहकारी ठगी : रवि र छविबाहेक १९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको हो । सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मात्र शुक्रबार मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता […]

Dec 20, 2024 - 09:53
 0
सूर्यदर्शन सहकारी ठगी : रवि र छविबाहेक १९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मात्र शुक्रबार मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

लामिछाने र जोशीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भइरहेकोले आइतबार मुद्दा दर्ता गर्ने तयारी छ ।

सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै लामिछाने र जोशीलगायतविरुद्ध अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाइसकेको छ ।

जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेका आधारमा तोकिएको हदम्यादको ८९ दिन भइसकेको छ ।

अन्तिम दिन सार्वजनिक बिदा परेकोले त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आइतबार मात्रै उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो ।

सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते लामिछानेसहित विभिन्न कम्पनीका सञ्चालक र प्रबन्ध निर्देशकविरूद्ध जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा लामिछानेलगायतलाई पक्राउ गरी पूरक अभियोग अदालतमा पेस गर्न लागिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register