एनआरएनए यूके अध्यक्षका चारमध्ये तीन उम्मेदवारबीच सहमति- खत्री, खरेल र भण्डारीमध्ये एक साझा उम्मेदवार बन्ने

लन्डन- एनआरएनए यूके अध्यक्ष पदका तीन उम्मेदवार मनिष खत्री, गोविन्द शर्मा खरेल र काशीराम भण्डारीबीच मिलेर अघि बढ्ने सहमति भएको छ । भण्डारी, खत्री र खरेलबीच एक जना साझा उम्मेदवारका रुपमा अघि बढ्ने र अरु दुईले उम्मेदवारी फिर्ता लिने सहमति भएको जानकारी उनीहरुले नेपालीलिंकलाई गराएका छन् । तर कसको नाममा सहमति गर्ने भन्ने तय हुन […]

Jul 14, 2025 - 19:51
 0
एनआरएनए यूके अध्यक्षका चारमध्ये तीन उम्मेदवारबीच सहमति- खत्री, खरेल र भण्डारीमध्ये एक साझा उम्मेदवार बन्ने

लन्डन- एनआरएनए यूके अध्यक्ष पदका तीन उम्मेदवार मनिष खत्री, गोविन्द शर्मा खरेल र काशीराम भण्डारीबीच मिलेर अघि बढ्ने सहमति भएको छ ।

भण्डारी, खत्री र खरेलबीच एक जना साझा उम्मेदवारका रुपमा अघि बढ्ने र अरु दुईले उम्मेदवारी फिर्ता लिने सहमति भएको जानकारी उनीहरुले नेपालीलिंकलाई गराएका छन् । तर कसको नाममा सहमति गर्ने भन्ने तय हुन बाँकी रहेको जनाइएको छ।

‘हामी तीन जनामध्ये एक जना अघि बढ्ने र अरु दुईले समर्थन गर्दै पछि हट्ने सहमति गरेका छौं। काशीरामजी, मनिषजी वा म आफैमध्ये जोसुकै भएपनि एक जना मात्रै अघि बढ्ने समझदारी गरेका छौं,’ अध्यक्ष उम्मेदवार खरेलले भने। भण्डारी र खत्रीले पनि नेपाली लिंकसंगको सम्पर्कमा उक्त सहमति बनेको पुष्टि गरे।

खत्री, खरेल र भण्डारीबीच एक जना अघि बढ्ने र अरु दुई जनाले समर्थन गर्ने सहमति बनेपछि अब एनआरएनए यूके अध्यक्षका लागि उनीहरुको साझा उम्मेदवारले राजेन्द्र पुडासैनीसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।

एनआरएनए यूके निर्वाचन २६ जुलाइमा अनलाइन माध्यमबाट हुंदैछ । उम्मेदवारको प्रारम्भिक नामावली सोमाबर सार्वजनिक भएको छ भने उम्मेदवारी फिर्ता लिने समय मंगलबार साँझ ७ बजेसम्म छ । उम्मेदवारको अन्तिम नामावली बुधबार प्रकाशन हुनेछ ।
एनआरएनए यूके निर्वाचनमा भाग लिन पाउने मतदाता ३ हजार ५ सय १ जना छन्।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register