रिहा भए दुर्गा प्रसाईं

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।  प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै  रिहा गरिएको प्रहरीले जनाएको छ । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत […]

Dec 20, 2024 - 13:17
 0
रिहा भए दुर्गा प्रसाईं

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।  प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै  रिहा गरिएको प्रहरीले जनाएको छ ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको मुद्दामा उनलाई अदालतबाट धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा पुन: पक्राउ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register