शिवसताक्षीमा डेंगु रोकथापन, न्युनिकरण सम्बन्धी अभिमूखिकरण

शिवसताक्षी, २४ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा डेंगु रोग सम्बन्धी एक दिवसीय अभिमूखीकरण गरिएको छ । बर्षात्को मौसम नजिँकदै गर्दा डेंगुको सक्रमण बढ्ने भएकाले नगरको स्वास्थ्य शाखाको आयोजनामा एक दिवसीय अभिमूखिकरण गरिएको हो । नगरका स्वास्थ्य कर्मी, वडाका जनप्रतिनिधी र सरोकारवाला निकायहरुलाई उपस्थित गराई डेंगुको प्रकोप, रोकथापन र डेंगु रोगबाट बच्चका लागि के कस्ता उपाय [...] The post शिवसताक्षीमा डेंगु रोकथापन, न्युनिकरण सम्बन्धी अभिमूखिकरण appeared first on Jhapa Online.

May 7, 2025 - 15:22
 0
शिवसताक्षीमा डेंगु रोकथापन, न्युनिकरण सम्बन्धी अभिमूखिकरण

शिवसताक्षी, २४ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा डेंगु रोग सम्बन्धी एक दिवसीय अभिमूखीकरण गरिएको छ । बर्षात्को मौसम नजिँकदै गर्दा डेंगुको सक्रमण बढ्ने भएकाले नगरको स्वास्थ्य शाखाको आयोजनामा एक दिवसीय अभिमूखिकरण गरिएको हो ।

नगरका स्वास्थ्य कर्मी, वडाका जनप्रतिनिधी र सरोकारवाला निकायहरुलाई उपस्थित गराई डेंगुको प्रकोप, रोकथापन र डेंगु रोगबाट बच्चका लागि के कस्ता उपाय अपनाउनु पर्ने भन्ने विषयमा अभिमूखिकरण गराइएको नगरका फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।

अभिमूखिकरणमा नगर प्रमुख मेगाहाङ्ग थोप्राले डेंगु रोकथाम र न्यूनिकरणका लागि नगर सबै स्वास्थ्यकर्मी, रेडक्रस, स्काउटरका विद्यार्थी र सरोकार वाला निकायहरुलाई परिचालन गरिने बताए । उनले शिवसताक्षी नगरपालिका पहिलेको भन्दा रोगकको संक्रमण दर घटेको जानकारी दिए ।

अमिमूखिकरणमा सहभागीहरुले प्रत्येक वडामा गई डेंगु रोकथापन सम्वन्धी कार्यक्रम गर्ने, डेंगुको सम्भावित बासस्थान नष्ट गर्ने, समुदायमा जनचेतना फैलाउन लगायतका काम गर्ने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

अभिमूखिकरणको सहजीकरण गौरादह नगरपालिका स्वास्थ्यकर्मी विनोद थापाले सहजीकरण गरेका थिए । कार्यक्रमा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख सुसिल थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका फोकल पर्सन रोषन अधिकारीले गरेका थिए ।

The post शिवसताक्षीमा डेंगु रोकथापन, न्युनिकरण सम्बन्धी अभिमूखिकरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register