‘नेप्सेको नाम काठमाडौँ स्टक एक्सचेञ्ज राखौँ, नयाँ स्टक एक्सचेञ्जको कर्पोरेट कार्यालय बुटवलमा खोलौँ’

काठमाडौँ । भोटो जात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समेत बन्द भएपछि सेयर लगानीकर्ता आक्रोशित बनेका छन् । उपत्यकामा सार्वजनिक बिदा हुँदा सेयर बजार नै बन्द भएपछि देशभरका लगानीकर्ता कारोबार गर्न पाउने अधिकारबाट बञ्चित भएको भन्दै लगानीकर्ता आक्रोशित पोखेका हुन् । उनीहरुले ‘उपत्यका मात्रै देश हो ?’ भन्दै प्रश्न गर्दै […]

Jun 1, 2025 - 12:25
 0
‘नेप्सेको नाम काठमाडौँ स्टक एक्सचेञ्ज राखौँ, नयाँ स्टक एक्सचेञ्जको कर्पोरेट कार्यालय बुटवलमा खोलौँ’

काठमाडौँ । भोटो जात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समेत बन्द भएपछि सेयर लगानीकर्ता आक्रोशित बनेका छन् । उपत्यकामा सार्वजनिक बिदा हुँदा सेयर बजार नै बन्द भएपछि देशभरका लगानीकर्ता कारोबार गर्न पाउने अधिकारबाट बञ्चित भएको भन्दै लगानीकर्ता आक्रोशित पोखेका हुन् ।

उनीहरुले ‘उपत्यका मात्रै देश हो ?’ भन्दै प्रश्न गर्दै उपत्यका बिदामा सेयर बजार नै बन्द गर्नू लाखौँ सेयर लगानीकर्ताप्रतिको अन्याय भएको बताएका छन् । 

त्यहीबीच सेयरगुरु सुवासचन्द्र भट्टराईले पनि उपत्याका बिदामा सेयर बजार नै बन्द गर्नु ठिक नभएको प्रतिक्रिया दिएका छन् । यति सम्मकी उनले सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्यात्मक टिप्पणी गर्दै नेपाल स्टक एक्सचेञ्जको नाम परिवर्तन गरेर काठमाडौँ स्टक एक्सचेञ्ज राख्नुपर्ने बताएका छन् । 

‘काठमाडौँमा सार्वजनिक बिदा हुँदा सेयर बजार पनि बन्द हुने हुँदा नेपाल स्टक एक्सचेञ्जको नाम बदलेर काठमाडौँ स्टक एक्सचेञ्ज राखौँ ।’, भट्टराईले फेसबुकमा लेखेका छन् । 

त्यस्तै, उनले नयाँ स्टक एक्सचेञ्जको कर्पोरेट कार्यालय चाहिँ बुटवलमा राख्नुपर्ने बताएका छन् । त्यसो हुँदा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुँदा पनि सेयर बजार बन्द नहुने र लगानीकर्ताले पनि कारोबार गर्न पाउने भट्टराईले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register