बाढीले भीमफेदीमा डाइभर्सन बगाउँदा कान्तिलोकपथ अवरुद्ध

हेटौँडा । मकवानपुर र ललितपुरको सिमानामा रहेको बगुवा खोलाको डाइभर्सन बाढीले बगाउँदा कान्तिलोकपथ अवरुद्ध भएको छ । आइतबार बिहानदेखि परेको पानीपछि आएको बाढीले डाइभर्सन बगाउँदा हेटौँडाबाट काठमाडौं जाने छोटो दूरीको कान्तिलोकपथ अवरुद्ध भएको हो । बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार […]

May 4, 2025 - 03:58
 0
बाढीले भीमफेदीमा डाइभर्सन बगाउँदा कान्तिलोकपथ अवरुद्ध

हेटौँडा । मकवानपुर र ललितपुरको सिमानामा रहेको बगुवा खोलाको डाइभर्सन बाढीले बगाउँदा कान्तिलोकपथ अवरुद्ध भएको छ ।

आइतबार बिहानदेखि परेको पानीपछि आएको बाढीले डाइभर्सन बगाउँदा हेटौँडाबाट काठमाडौं जाने छोटो दूरीको कान्तिलोकपथ अवरुद्ध भएको हो । बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलाको डाइभर्सन बगाएको छ ।

गत असोज १२ को अविरल वर्षापछि आएको बाढीले बगुवा पुल बगाउँदा सो स्थानमा बेलिब्रिज निर्माणका लागि खोलामा ह्युमपाइप राखेर बनाएको डाईभर्सन बगाएको जनाइएको छ । अहिले प्रहरी टोली खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौं जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register