‘मेसी शैली’ पछ्याउँदै रोहितदेखि अनिलसम्म

काठमाडौं । लामो उतारचढावपछि अर्जेन्टिनाका फूटबलर लियोनल मेसीले सन् २०२१ को जुलाईमा पहिलो अन्तर्राष्ट्रिय ट्रफी जिते । प्रमुख प्रतिद्वन्द्वी ब्राजिललाई उसको घरेलु मैदानमा हराएर आफ्नो कप्तानीमा कोपा अमेरिकाको उपाधि जित्न पाउँदा उनीसँग खुसीकाे कुनै सीमा थिएन । यसर्थ मेसीले ट्रफीसँगै निदाएको तस्वीर सामाजिक सञ्जालमा राखे । यो भाइरल भयो । उनले यसको निरन्तरता २०२२ मा […]

Dec 24, 2024 - 03:44
 0
‘मेसी शैली’ पछ्याउँदै रोहितदेखि अनिलसम्म

काठमाडौं । लामो उतारचढावपछि अर्जेन्टिनाका फूटबलर लियोनल मेसीले सन् २०२१ को जुलाईमा पहिलो अन्तर्राष्ट्रिय ट्रफी जिते ।

प्रमुख प्रतिद्वन्द्वी ब्राजिललाई उसको घरेलु मैदानमा हराएर आफ्नो कप्तानीमा कोपा अमेरिकाको उपाधि जित्न पाउँदा उनीसँग खुसीकाे कुनै सीमा थिएन ।

यसर्थ मेसीले ट्रफीसँगै निदाएको तस्वीर सामाजिक सञ्जालमा राखे । यो भाइरल भयो । उनले यसको निरन्तरता २०२२ मा कतारमा विश्वकप जित्दा पनि दिए ।

त्यसपछि यसको सिको विभिन्न फूटबल खेलाडीले गरे । यो विस्तारै क्रिकेटसम्म आयो । सन् २०२३ को एकदिवसीय विश्वकप जित्दा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पनि ट्रफी बोकेर निदाइरहेको तस्वीर सार्वजनिक गरे । यसको निरन्तरता यसै वर्ष टी–२० विश्वकप जित्दा भारतका कप्तान रोहित शर्माले पनि दिए ।

यसलाई नेपाली खेलाडीले पनि पछ्याए । गत वर्ष घरेलु मैदानमा यूएईलाई हराएर एसीसी प्रिमियर कप जित्दै नेपाल एसिया कपमा छनोट भएको थियो । यसबेला नेपालका कप्तान रोहित पौडेलले ट्रफीसहित सुतेको तस्वीर सार्वजिक गरेका थिए ।

अहिले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोली जनकपुर बोल्ट्सका कप्तान अनिल साहले पनि यसलाई निरन्तरता दिएका छ ।

अनिल ट्रफीसहित सुतिरहेको तस्वीर हालै सार्वजनिक भएको छ । जहाँ उनी छेउमा ट्रफी राखेर निदाइरहेको देखिएका छन् ।

सामाजिक सञ्जालमा तस्वीर राख्दै उनले भनेका छन्, ‘अहिले मेरो मनभित्र घुमिरहेका भावना शब्दले व्यक्त गर्न सक्दैन,’ उनले लेखेका छन् ।

गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर जनकपुरले एनपीएलको पहिलो संस्करणको उपाधि जितेको थियो ।

घाइते भएका कारण कप्तान अनिलले नकआउट चरणका कुनै पनि खेल खेलेनन् । उनको ठाउँमा आसिफ शेखले कप्तानी गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register