मंगलबार १४.११ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार ४ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । […]

Dec 24, 2024 - 09:35
 0
मंगलबार १४.११ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार ४ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ७ लाख ४२ हजार ७ सय ५३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजको बजारमा आत्मनिर्भर लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register