कर्नाटक : एक इजरायली पर्यटकसहित दुई महिलामाथि बलात्कार, घटना रोक्न खोज्ने पुरुषको मृत्यु
काठमाडौं । भारतको कर्नाटक राज्यको प्रसिद्ध पर्यटकीय स्थल हम्पीबाट एउटा हृदयविदारक घटना बाहिर आएको छ । एक इजरायली पर्यटकसहित दुई महिलालाई बलात्कारबाट बचाउने प्रयास गरेका ओडिशाका एक पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ती पुरुषको शव कर्नाटकको कोप्पल जिल्लाको तुङ्गभद्रा बायाँ किनार नहरमा भेटिएको थियो । प्रहरीकाअनुसार एक इजरायली महिला पर्यटक र केरला […]

काठमाडौं । भारतको कर्नाटक राज्यको प्रसिद्ध पर्यटकीय स्थल हम्पीबाट एउटा हृदयविदारक घटना बाहिर आएको छ ।
एक इजरायली पर्यटकसहित दुई महिलालाई बलात्कारबाट बचाउने प्रयास गरेका ओडिशाका एक पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
ती पुरुषको शव कर्नाटकको कोप्पल जिल्लाको तुङ्गभद्रा बायाँ किनार नहरमा भेटिएको थियो ।
प्रहरीकाअनुसार एक इजरायली महिला पर्यटक र केरला राज्यकी महिलालाई तीन जना पुरुषहरूले बलात्कार गरेका थिए । उनीहरुसँग गएका २६ वर्षीय बिभाष, अमेरिकाका डेनियल र पङ्कज पाटिललाई ती पुरुषहरुले तुङ्गा भद्राको पानीमा फालिदिएका थिए ।
कोप्पलका एसपी राम एल अरसिद्दीले बीबीसी हिन्दीलाई भने, “हामीले बिभाषको शव फेला पारेका छौं । हामीले हत्या प्रयासको मुद्दामा हत्या र बलात्कारको आरोप थपेका छौं ।”
प्रहरीकाअनुसार घटना मार्च ६ मा राति १०:३० बजेको हो, जब पाँच जना हम्पी नजिकैको सानापुरमा रहेको दुर्गाम्मा मन्दिरको दर्शन गर्न गएका थिए ।
केरलाकी उजुरीकर्ता महिलाकाअनुसार तीन जना अभियुक्त मोटरसाइकलमा आएका थिए र पेट्रोल कहाँबाट पाउन सकिन्छ भनेर सोधे ।
तीन जना अभियुक्तमध्ये एकले पर्यटकहरूसँग १०० रुपैयाँ मागे । जब पर्यटकले अस्वीकार गरे, उनीहरूले झगडा गर्न थाले र आक्रमण पनि गरे ।
“उनीहरूले डेनियल, पङ्कज र बिभाषलाई नहरमा धकेले,” उजुरीमा भनिएको छ, “तेस्रो मान्छेले मलाई ढुङ्गाले आक्रमण गर्यो । मेरो शरीरबाट नराम्रोसँग रगत बग्न थाल्यो । तीन जनामध्ये दुई जनाले मलाई जबरजस्ती नहरको किनारमा तानेर लगे र मेरो लुगा च्याते । यसरी नै उनीहरूले उनलाई (इजरायली पर्यटक) घिसारेर लगे र बलात्कार गरे ।”
उजुरीकर्ता महिलाले आफ्नो उजुरीमा आरोपितहरू कन्नड र तेलुगु बोल्ने गरेको बताएकी छिन् । प्रहरी अधिकारी भन्छन्, ‘हामी अभियुक्तलाई खोजिरहेका छौं । आज साँझसम्ममा उनीहरूलाई भेट्टाउने आशा गर्छौं ।”
What's Your Reaction?






