हुँदै नभएको कामको भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. २ मा रहेको पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट प्राप्त  १ करोड ९९ लाख ८२ हजार ७९३.३७ रुपैयाँको लागत अनुमान भएको उक्त योजनामा गम्भीर अनियमितता भएको […]

May 21, 2025 - 13:41
 0
हुँदै नभएको कामको भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. २ मा रहेको पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट प्राप्त  १ करोड ९९ लाख ८२ हजार ७९३.३७ रुपैयाँको लागत अनुमान भएको उक्त योजनामा गम्भीर अनियमितता भएको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगका अनुसार, बाँफिकोट गाउँपालिका र मालिका बस्नेत निर्माण सेवा, छेडागाड, जाजरकोटबीच  ७७ लाख ४४ हजार ५७०.५२ रुपैयाँमा सम्झौता भएको थियो। तर, फिल्ड प्रतिवेदनले २ हजार ९०० मिटर सडक निर्माण भएको देखाए पनि नापी किताबमा ३ हजार ७०० मिटर उल्लेख गरी बढी काम भएको भनी गलत प्रतिवेदन तयार गरिएको पाइएको छ । साथै, अनुगमन प्रतिवेदनमा समेत अनुगमन गर्ने पदाधिकारीहरूको हस्ताक्षर नभएको र गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरी २१ लाख ६३ हजार ८६५.४४ रुपैयाँ बढी भुक्तानी दिएको पुष्टि भएको छ ।

यो अनियमिततामा संलग्न भएको आरोपमा बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली, प्राविधिक खा.पा.स.टे. दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा, र मालिका बस्नेत निर्माण सेवाका प्रोप्राइटर शान्तबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफा अन्तर्गत सजाय मागदाबी गरिएको छ । प्रत्येकमाथि २१ लाख ६३ हजार ८६५.४४ रुपैयाँ बिगो असुल गरी कैद र जरिवाना गर्न माग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register