मानव तस्करीको आरोपमा अध्यागमन प्रमुख नै पक्राउ 

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख पक्राउ परेका छन् । मानव तस्करीमा संलग्नता रहेको आरोपमा बुधबार प्रहरीले अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको हो ।  मानव तस्करीमा भट्टराईको संलग्नता देखिने प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले बताएका छन् ।  ती अधिकारीका अनुसार भट्टराईलाई पक्राउ गरेर उनको मोबाइलसमेत […]

May 21, 2025 - 13:44
 0
मानव तस्करीको आरोपमा अध्यागमन प्रमुख नै पक्राउ 

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख पक्राउ परेका छन् । मानव तस्करीमा संलग्नता रहेको आरोपमा बुधबार प्रहरीले अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको हो । 

मानव तस्करीमा भट्टराईको संलग्नता देखिने प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार भट्टराईलाई पक्राउ गरेर उनको मोबाइलसमेत जफत गरिएको छ । मोबाइलसँगै आवश्यक कागजातहरु पनि नियन्त्रणमा लिएर भट्टराईमाथि थप अनुसन्धान सुरु गरिएको ती अधिकारीले बताएका छन् । 

यसो त मानव तस्करीमा तस्करसँग भट्टराईको साँठगाँठ रहेको सूचना पुगेपछि अख्तियारले अनुसन्धान थालेको थियो । सो सूचना गृह मन्त्रालयसम्म पुगेको थियो । सो सूचना पाउनसाथ उनी एकदिन अघि मात्र सरुवामा परेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register