संसदीय सुनवाइ समितिमा आज न्यायाधीश कार्कीका उजुरीकर्तासँग छलफल हुने

Jun 14, 2023 - 03:38
 0
संसदीय सुनवाइ समितिमा आज न्यायाधीश कार्कीका उजुरीकर्तासँग छलफल हुने
संसदीय सुनवाइ समितिमा आज न्यायाधीश कार्कीका उजुरीकर्तासँग छलफल हुने

काठमाडौँ । आज संसदीय सुनवाइ समितिको बैठक बस्दै छ ।सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्की विरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । 

सङ्घीय संसद् सचिवालयका उपसचिव विमला घिमिरेका अनुसार बैठक ११ः०० बजे, सिंहदरबारमा बस्नेछ  ।   सर्वोच्च अदालतका न्यायाधीश कार्कीलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि संसदीय सुनवाइ समितिले सुनवाइ सुरु गरेको छ । उहाँ विरुद्ध समितिमा २९ वटा उजुरी परेको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.