भारतमा रहेका नेपालीलाई दूतावासले भन्यो : आपतकालीन अवस्था आए सम्पर्क गर्नू

काठमाडौं । भारतस्थित नेपाली राजदूतावासले कुनै आपतकालीन अवस्था आए नयाँ दिल्लीस्थित दूतावास र कोलकातास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न त्यहाँका नेपालीलाई अनुरोध गरेको छ । दूतावासले शुक्रबार एक सूचना जारी गर्दै सम्पर्कका लागि +९१–११२३४७६२०० र +९१–८९२९६०१९२५ गरी दुईवटा टेलिफोन नम्बर उपलब्ध गराएको छ । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले यस्तो […]

May 9, 2025 - 14:10
 0
भारतमा रहेका नेपालीलाई दूतावासले भन्यो : आपतकालीन अवस्था आए सम्पर्क गर्नू

काठमाडौं । भारतस्थित नेपाली राजदूतावासले कुनै आपतकालीन अवस्था आए नयाँ दिल्लीस्थित दूतावास र कोलकातास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न त्यहाँका नेपालीलाई अनुरोध गरेको छ ।

दूतावासले शुक्रबार एक सूचना जारी गर्दै सम्पर्कका लागि +९१–११२३४७६२०० र +९१–८९२९६०१९२५ गरी दुईवटा टेलिफोन नम्बर उपलब्ध गराएको छ ।

भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले यस्तो सुविधा उपलब्ध गराएको हो ।

‘विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाली राजदूतावास अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।

पाकिस्तानमा अध्ययनरत विद्यार्थीलाई सरकारको अनुरोध : सहयोग आवश्यक परे दूतावासमा सम्पर्क गर्नू

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register