भारतमा सस्तो कल गर्न टेलिकमले परिमार्जन गर्‍यो महसुल र पल्सदर

काठमाडौं । नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्न एक्सेस कोड १४२४ को महसुल दर तथा पल्स दर परिमार्जन गरेको छ । टेलिकमकाअनुसार विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत […]

Dec 31, 2024 - 11:32
 0
भारतमा सस्तो कल गर्न टेलिकमले परिमार्जन गर्‍यो महसुल र पल्सदर

काठमाडौं । नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्न एक्सेस कोड १४२४ को महसुल दर तथा पल्स दर परिमार्जन गरेको छ ।

टेलिकमकाअनुसार विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति पुस १५ गते राति १२:०० बजेदेखि लागू भएको एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३.७६ कायम गरिएको छ ।

यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्सदर ६० सेकेण्ड निर्धारण गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register