छैटौं जनकपुर साहित्य महोत्सवको खर्च ४६ लाख ५० हजार, बचत भयाे २ लाख ५० हजार

जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको सातौं संस्करण आगामी वर्ष २०८२ को माघ २२ गतेदेखि २४ गतेसम्म आयोजना हुने घोषणा गरिएको छ । प्रतिनिधिसभाका सांसदसमेत रहेका महोत्सवका परिकल्पनाकार मनीष झाले यसको जानकारी दिएका हुन् । यस वर्षको महोत्सव शनिवार जानकपुरमा सकिएपछि उनले नयाँ मिति घोषणा गरेका थिए । यो महोत्सवले साहित्य, संस्कृति र समाजका विभिन्न पाटा […]

Feb 9, 2025 - 06:51
 0
छैटौं जनकपुर साहित्य महोत्सवको खर्च ४६ लाख ५० हजार, बचत भयाे २ लाख ५० हजार

जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको सातौं संस्करण आगामी वर्ष २०८२ को माघ २२ गतेदेखि २४ गतेसम्म आयोजना हुने घोषणा गरिएको छ ।

प्रतिनिधिसभाका सांसदसमेत रहेका महोत्सवका परिकल्पनाकार मनीष झाले यसको जानकारी दिएका हुन् । यस वर्षको महोत्सव शनिवार जानकपुरमा सकिएपछि उनले नयाँ मिति घोषणा गरेका थिए ।

यो महोत्सवले साहित्य, संस्कृति र समाजका विभिन्न पाटा समेट्दै जनकपुरधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको सरोकारवालाहरूको भनाइ छ ।

यसपटकको महोत्सवलाई पनि विशेष कार्यक्रमहरू, चर्चित व्यक्तित्वहरूको सहभागिता र साहित्यिक संवादद्वारा समृद्ध बनाउने हरसम्भव प्रयासहरू गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्तासमेत रहेका झाले बताए ।

मनीष झा

महोत्सवको तयारीमा आर्थिक समस्या प्रमुख चुनौतीको रुपमा उभिएको उनको भनाइ थियो ।

‘जनकपुर साहित्य महोत्सवले नेपाली साहित्य र संस्कृति प्रवद्र्धन गर्न ठूलो योगदान पुर्याउँदै आएको छ । तर, यसको दीर्घकालीन सफलताका लागि सरकारी सहयोग र वित्तीय स्पष्टता अपरिहार्य छ,’ उनले भने ।

आयोजक नवमिथिला फाउन्डेसनले छैटौं जनकपुर साहित्य महोत्सवको आय–व्यय विवरण शनिवार कार्यक्रमस्थलमै सार्वजनिक गरेको थियो ।

फाउन्डेसनले उत्सवका लागि विभिन्न प्रायोजक तथा निकायहरूसँग कूल ४९ लाख रुपैयाँ संकलन गरेकोमा खर्च ४६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । यस्तै २ लाख ५० हजार रुपैयाँ बचत भएको फान्डेसनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

साहित्य महोत्सवले पहिलोपटक बचत गर्न सफल भएको फाउन्डेसनले जनाएको छ । यस वर्षको आयोजनका लागि साउन्ड सिस्टम र लाइटमा १२ लाख, स्टेज डेकोरेसनमा ३ लाख, प्रिइभेन्ट गतिविधिमा २ लाख, पुरस्कार वितरणमा ३ लाख ५० हजार, बसोबासको व्यवस्थापनमा ५ लाख, ट्राभलिङ्ग एन्ड टिकेटिङमा ५ लाख र गिफ्ट्स एन्ड ह्याम्परमा २ लाख ५० हजार खर्च भएको पाइएको छ ।

यसैगरी कलाकारहरूको शुल्कमा ३ लाख, खानामा ५ लाख, ब्रान्डिङ एन्ड मार्केटिङमा २ लाख र मिडिया तथा ब्रोडकास्टिङमा ३ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ ।

‘पारदर्शिता हाम्रो संस्थाको विशेषता हो । जनकपुर साहित्य महोत्सवको हिसाबकिताब हामीले सार्वजनिक गरेका छौं,’ फाउन्डेसनका उपाध्यक्ष नेपालले भने, ‘हामी पहिलोपटक यस महोत्सवमा २ लाख ५० हजार रुपैयाँको बचत गर्न सफल भएका छौं । यसले हाम्रो संस्थाको आर्थिक व्यवस्थापनको सुदृढतालाई पुष्टि गर्दछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register