ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पुस १८ गते बिहीबारदेखि ग्लोबल आईएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पूरा गर्दैछ । यो छुट योजना बिहीबारदेखि पुस २४ गते बुधबारसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई […]

Jan 1, 2025 - 14:20
 0
ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।

पुस १८ गते बिहीबारदेखि ग्लोबल आईएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पूरा गर्दैछ । यो छुट योजना बिहीबारदेखि पुस २४ गते बुधबारसम्म रहनेछ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मूल्यमा १८ प्रतिशत छुट पाउनेछन् । साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरूलाई एयरबड प्रदान गर्नेछ ।

ग्राहकहरूले दराजबाट न्यूनतम् १,८०० को खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफूले खरिद गरेको मूल्यमा १८ प्रतिशत, १८०० रूपैयाँसम् ममात्र छुट पाउनेछन् ।

ग्लोबल आईएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुटको अनुभव सुनिश्चित गर्दै आएको छ ।

यसरी बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको जनाएको छ ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register