एमालेको संसदीय दलको बैठक बालुवाटारमा

काठमाडौं । नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाएको छ ।  बैठक शनिबार दिउँसो १ बजे बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटमाथि संसद्मा हुने छलफलबारे नेताहरूले सांसदहरूलाई जानकारी गराउने बताइएको छ । बैठकमा संसदमा कसरी प्रस्तुत हुने र […]

May 2, 2025 - 15:34
 0
एमालेको संसदीय दलको बैठक बालुवाटारमा

काठमाडौं । नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाएको छ ।  बैठक शनिबार दिउँसो १ बजे बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटमाथि संसद्मा हुने छलफलबारे नेताहरूले सांसदहरूलाई जानकारी गराउने बताइएको छ ।

बैठकमा संसदमा कसरी प्रस्तुत हुने र सरकारका नीति तथा कार्यक्रमलाई कसरी समर्थन गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register