शाखा अधिकृत परीक्षा स्थगित

काठमाडौं । लोकसेवा आयोगले लिन लागेको प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित हुने भएको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले सामान्य प्रशासन समूहका पदमा दरखास्त संकलन गरी त्यसपछिका बाँकी काम रोक्न आदेश दिएपछि परीक्षा स्थगित हुने भएको हो । प्रेमराज निरौलासहितले रिक्त भएका सम्पूर्ण पद […]

Jan 3, 2025 - 14:20
 0
शाखा अधिकृत परीक्षा स्थगित

काठमाडौं । लोकसेवा आयोगले लिन लागेको प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित हुने भएको छ ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले सामान्य प्रशासन समूहका पदमा दरखास्त संकलन गरी त्यसपछिका बाँकी काम रोक्न आदेश दिएपछि परीक्षा स्थगित हुने भएको हो ।

प्रेमराज निरौलासहितले रिक्त भएका सम्पूर्ण पद समावेश नगरी विज्ञापन भएको र सो कारण आफूहरू बढुवा हुने अवसरबाट वञ्चित हुनु परेको भन्दै  दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

आयोगले मंसिर २६ गते अधिकृतका लागि दरखास्त आह्वान गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register