खो खो विश्वकपको फाइनलमा पुगेको नेपाली टोलीलाई राखेप सदस्यसचिवको शुभकामना
काठमाडौं । प्रथम खो खो विश्वकपको फाइनलमा पुगेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना दिएका छन् । नयाँ दिल्ली पुगेका सदस्य सचिव घिसिङले दुवै महिला र पुलिस टोलीलाई हौसला प्रदान गरेका हुन् । दुवै टोली फाइनलमा पुगेपछि सदस्य सचिव घिसिङ आइतबार त्यहाँ गएका हुन् । उनले खेलाडीलाई बधाई दिँदै प्रतिस्पर्धामा विजयका […]

काठमाडौं । प्रथम खो खो विश्वकपको फाइनलमा पुगेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना दिएका छन् ।
नयाँ दिल्ली पुगेका सदस्य सचिव घिसिङले दुवै महिला र पुलिस टोलीलाई हौसला प्रदान गरेका हुन् । दुवै टोली फाइनलमा पुगेपछि सदस्य सचिव घिसिङ आइतबार त्यहाँ गएका हुन् ।
उनले खेलाडीलाई बधाई दिँदै प्रतिस्पर्धामा विजयका लागि शुभकामना दिए ।
आजै साँझ नेपाल र भारतबीच फाइनल खेल हुँदैछ । नेपाली खो खो टिमले साग खेलकुद तथा एशियन च्याम्पियनशिपमा समेत पदक जित्दै गर्दै आएको छ ।
What's Your Reaction?






