रास्वपाले बनायो संविधान संसोधन सुझाव कार्यदल

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनका लागि सुझाव कार्यदल बनाएको छ । काठमाडौंमा हिजोदेखि जारी केन्द्रीय समिति बैठकले संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार परियार नेतृत्वको कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा.तोसिमा कार्की, डा.अच्युतम लामिछाने र मेघ […]

Jan 5, 2025 - 08:46
 0
रास्वपाले बनायो संविधान संसोधन सुझाव कार्यदल

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनका लागि सुझाव कार्यदल बनाएको छ ।

काठमाडौंमा हिजोदेखि जारी केन्द्रीय समिति बैठकले संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार परियार नेतृत्वको कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा.तोसिमा कार्की, डा.अच्युतम लामिछाने र मेघ आले सदस्यको रुपमा रहनेछ ।

कार्यदलले सात वटै प्रदेशमा र संविधानविद्हरूसँग छलफल गरेर धारणा बनाएर पार्टीको आधिकारिक धारण सार्वजनिक गरिने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register