कास्की बचत तथा ऋण सहकारी संघको २४औँ साधारणसभा सम्पन्न

काठमाडौँ । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा शनिबार पोखरा २५ हेम्जामा अवस्थित माछापुच्छ्रे पाटी प्यालेसमा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार भेषराज रिजालले २०५६ देखि सहकारी संघको निरन्तर सक्रियताले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए […]

Jan 5, 2025 - 08:44
 0
कास्की बचत तथा ऋण सहकारी संघको २४औँ साधारणसभा सम्पन्न

काठमाडौँ । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा शनिबार पोखरा २५ हेम्जामा अवस्थित माछापुच्छ्रे पाटी प्यालेसमा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार भेषराज रिजालले २०५६ देखि सहकारी संघको निरन्तर सक्रियताले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए । सोही अवसरमा सहकारी अध्यादेशको नयाँ व्यवस्था बारे थप प्रस्ट पारेका थिए ।

कार्यक्रमकाबीच जिल्ला सहकारी संघ लिमिटेड कास्की, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ र को-अपरेटिभ म्यानेर्जस क्लब, कास्कीले संयुक्त रूपमा रजिस्टार भेषराज रिजाललाई सहकारी सम्बन्धमा, ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषयमा आफ्नो समर्थन रहेको उल्लेख गर्दै सम्बन्धित ठाउँमा आफ्नो क्षेत्रबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । सहकारीहरूलाई आवश्यक कानुनी प्रावधान पालन गरेर आफ्नो कार्यक्षत्रमा काम गर्न आग्रह समेत गरे ।

पोखरा महानगर प्रवक्ता एव वडा नं २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले, ‘सहकारीले अब बचत तथा ऋणमा मात्र सीमित नभई उत्पादनमा पनि केन्द्रित हुन पर्ने धारणा राखे । उत्पादनमा जानका लागि महानगर सहकार्य गर्न तयार रहेको थप उल्लेख गरे । कार्यक्रमकाबीच सहभागी सहकारीका प्रमुख एवं प्रतिनिधिहरूलाई एक सहकारी एक उत्पादनमा जान गम्भिर भएर लाग्न अनुरोध गरे ।

पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारीले, केहि सहकारीहरूका कमीकमजोरीले गर्दा पछिल्लो समय सबै सहकारीका अध्यक्ष, सञ्चालक भनेका ठग नै हनु भन्ने भाष्य निर्माण भएको छ । यस्ता भ्रमको अन्त्य गर्न, सहकारीहरू नीति नियममा चल्नु पर्ने र भ्रमको अन्त्य गर्न सबै एक भएर जुट्न जोड दिए । अध्यादेशमा रहेका विमतिका बुँदा प्रति सबैले आ-आफ्नो क्षेत्रबाट दबाब दिनुपर्ने उल्लेख गरे ।

सभाले सचिव मीनराज तिमिल्सिना, कोषाध्यक्ष केशवशरण पौडेल र लेखा सुपरिवेक्षण समिति संयोजक केशवप्रसाद ढकालद्धारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिबेदन पारित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register