सप्तकोशी किनारबाट एक सय ८०  केजी गाँजा बरामद

उदयपुर । उदयपुरको बेलका नगरपालिकाको ८ नं वडामा केही दिन देखि बेवारिसे अवस्थामा राखिएको प्रतिबन्धित लागु औषधका रुपमा रहेको गाँजा बरामद भएको छ  । सोमबार विहान १ः५० बजे बेलका न पा  वडा नं ८ सप्तकोशी किनारबाट १सय ८० किलोग्राम बेवारिसे गाँजा प्रहरीले बरामद गरेको हो  । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खठिएको प्रहरी टोली र […]

Apr 14, 2025 - 10:12
 0
सप्तकोशी किनारबाट एक सय ८०  केजी गाँजा बरामद

उदयपुर ।

उदयपुरको बेलका नगरपालिकाको ८ नं वडामा केही दिन देखि बेवारिसे अवस्थामा राखिएको प्रतिबन्धित लागु औषधका रुपमा रहेको गाँजा बरामद भएको छ  । सोमबार विहान १ः५० बजे बेलका न पा  वडा नं ८ सप्तकोशी किनारबाट १सय ८० किलोग्राम बेवारिसे गाँजा प्रहरीले बरामद गरेको हो  ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खठिएको प्रहरी टोली र अस्थाई प्रहरी चौकी कोठूबाट खटिएको प्रहरकिो टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा बेलका नगरपालिका ८ सप्तकोशी नदीको किनारमा बेवारिसे अवस्थामा राखिएको प्रतिबन्धित गाँजा १ सय ८ण् केजी बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बाहिर गन्ध नआउने गरी ६ वटा बोराभित्र प्लास्टिकमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त १८० किलोग्राम गाँजा बरामद गरेको हो । 

          वेवारिसे अवस्थामा फेला पारेको उक्त प्रतिबन्धित लागुऔषध गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ।  साथै संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले यस अघि पनि बेलका नगरपालिकाको ८ नं वडा र अन्य वडाबाट पनि पटक पटक नै बेवारिसे अवस्थामा प्रतिबन्धित गाँजा ठूलो परिणाममा फेला पारेको थियो भने केही मानिसहरुलाई समेत गाँजासहित पक्राउ गरेर आवश्यक अनुसन्धान पश्चात कानुनी कारबाही गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register