झापामा धान उत्पादनमा बृद्धि

भद्रपुर, २१ पुस । प्रतिकुल मौसममा आएको सुधारका कारण झापामा धान उत्पादनमा बृद्धि भएको छ । २०८१ सालमा धान उत्पादनमा वृद्धि भए पनि उत्पादकत्वमा भने कमी भने कमी आएको छ । बाली लगाएको क्षेत्रफलको आधारमा धान उत्पादनमा बृद्धि भएको पाइए पनि उत्पादकत्वमा भने राह्र आएको हो । विगत बर्षमा झापामा ८० हजारको हाराहारीमा लगाईएको धान [...] The post झापामा धान उत्पादनमा बृद्धि appeared first on Jhapa Online.

Jan 5, 2025 - 10:39
 0
झापामा धान उत्पादनमा बृद्धि

भद्रपुर, २१ पुस । प्रतिकुल मौसममा आएको सुधारका कारण झापामा धान उत्पादनमा बृद्धि भएको छ । २०८१ सालमा धान उत्पादनमा वृद्धि भए पनि उत्पादकत्वमा भने कमी भने कमी आएको छ । बाली लगाएको क्षेत्रफलको आधारमा धान उत्पादनमा बृद्धि भएको पाइए पनि उत्पादकत्वमा भने राह्र आएको हो ।

विगत बर्षमा झापामा ८० हजारको हाराहारीमा लगाईएको धान खेति यस बर्ष भने ७५ हजार चारसय ५९ क्षेत्रफलमा मात्र लगाईएको हो । यस वर्ष झापामा तीनलाख ८२ हजार आठसय १२ टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

मौसमी दृष्टिकोणले उपयोगी भएका कारण प्रतिहेक्टर ५।०७ टनका दरले धान उत्पादन भएको बताउनुभयो । विगत वर्षमा झापामा प्रतिहेक्टर चारलाख टनको हाराहारीमा मात्र उत्पादन भएको कार्यलय प्रमुख विष्टको भनाई छ । बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिन घट्दै जानू मुख्य कारण भएको बताउदै प्रमुख विष्टले बाँझो रहेको जमिनलाई समेत खेतिमा परिणत गराई थप उत्पादन बढाईनु पर्नेमा जोड दिनुभयो ।

झापामा रञ्जित मुनसुली, सर्ना , कालो नुनिया, बहुगुणी २ , राधा १२ लगायतका विभिन्न प्रकारका धानका जातहरुको खेति गरिदै आएको छ ।

The post झापामा धान उत्पादनमा बृद्धि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register