हुवावे र सेरेसको आईटो एम ८ क्रसओभर सार्वजनिक नहुँदै १ लाख अर्डर

काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी आईटो एम ८ ले चीनमा सार्वजनिक हुनु अघिनै १ लाख अर्डर प्राप्त गरेको छ । यसको प्रि-सेल मूल्य ३ लाख ६८ हजारदेखि ४ लाख ५८ हजार युआन (झण्डै ५० हजार ५४० देखि ६२ हजार ९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको छ । […]

May 12, 2025 - 09:10
 0
हुवावे र सेरेसको आईटो एम ८ क्रसओभर सार्वजनिक नहुँदै १ लाख अर्डर

काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी आईटो एम ८ ले चीनमा सार्वजनिक हुनु अघिनै १ लाख अर्डर प्राप्त गरेको छ ।

यसको प्रि-सेल मूल्य ३ लाख ६८ हजारदेखि ४ लाख ५८ हजार युआन (झण्डै ५० हजार ५४० देखि ६२ हजार ९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको छ । अब यो गाडी चाँडै नै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ ।

आईटो ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्य हो । यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने हुवावेले गाडीको प्रविधिगत भाग, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको काम सम्हालिरहेको छ ।

आईटो ब्रान्डका गाडीहरू हुवावेको Harmony Intelligent Mobility Alliance (HIMA) स्टोरहरूमा लक्सिड र स्टेलाटो जस्ता अन्य सहकार्य भएका ब्रान्डहरूसँगै बिक्रीमा रहेका छन् ।

आईटो ब्रान्डअन्तर्गत अहिले आईटो एम ५, एम ७ , र एम ९ गरी तीनवटा क्रसओभर गाडी उपलब्ध छन् । चीन ईभी डाटा ट्र्याकरका अनुसार यी मोडेलहरूको कुल बिक्री सन् २०२४ मा ३ लाख ८५ हजार ९०४ युनिट पुगेको थियो ।

अब हुवावे र सेरेसले चौथो मोडेल आईटो एम ८ सार्वजनिक गर्न लागिरहेका छन्, जसले सार्वजनिक हुनुअघि नै चीनमा ठूलो चर्चा कमाएको छ ।

चीनमा हुवावे आईटो एम ८ ले पायो १ लाख अर्डर

चीनमा मार्च ६ देखि आईटो एम ८ को प्रि-सेल सुरु गरिएको थियो । ५,००० युआन (लगभग ७०० डलर) को अग्रिम रकम बुझाउने ग्राहकहरूलाई गाडी सार्वजनिक भएपछि १० हजार युआन (झण्डै १,४०० डलर) छुट दिइने योजना थियो । सार्वजनिक हुनुअघि नै यस गाडीले निकै आकर्षण पाएको हो । प्रि-सेल सुरु भएको एक घण्टामा नै ७,५०० अर्डरहरू प्राप्त भएका थिए ।

छ घण्टाभित्र अर्डर सङ्ख्या २१ हजार पुग्यो भने १२ घण्टामा २८ हजार युनिट पुगेको कम्पनीले जनाएको छ । प्रि-सेल सुरु भएको दुई साताभित्र यो सङ्ख्या ७० हजार पुगेको थियो ।

अप्रिल ७ मा HIMA ले आईटो एम ८ ले १ लाखभन्दा बढी अर्डर प्राप्त गरेको घोषणा गर्‍यो । जम्मा ३२ दिनमा यस्तो उपलब्धि हासिल गर्नुले पनि यो गाडी EREV (Extended Range Electric Vehicle) वर्गमा सबैभन्दा बढी बिक्री हुने मोडेलमध्ये एक बन्ने निश्चितजस्तै देखिएको छ ।

विशेषता

आईटो एम ८ डिजाइन र स्पेसिफिकेसनको हिसाबले फ्ल्यागशिप मोडेल आईटो एम ९ सँग नजिक छ । यो एक ठूलो एसयुभी हो, जसको लम्बाइ/चौडाइ/उचाइ क्रमशः ५१९०/१९९९/१७९५ मिमि र ह्विलबेस ३१०५ मिमि रहेको छ । यसको छानामा LiDAR सेन्सर, अगाडि एलईडी लाइट स्ट्रिपसहित ठूला हेडलाइट छन् । यो गाडी २१-इन्चका मल्टी-स्पोक रिममा कुद्छ । टिन्टेड रियर विन्डोज, रिट्रयाक्टेबल डुअर ह्यान्डलहरू र आकर्षक रङ विकल्पहरू यसका अन्य फिचरहरू हुन् ।

आईटो एम ८ को क्याबिनमा दुई प्रकारको सिट व्यवस्था छ, a 2+2+2 र a 2+3 । यसमा ७५ इन्चको हुवावेको Augmented Reality Head-Up Display र ठूलो तीनवटा स्क्रिन सेटअप छ । गाडीमा दुई मोटरयुक्त Four-Wheel Drive (4WD) प्रणाली छ, जसको पिक पावर ३९२ kW (५२६ hp) छ ।

गाडीमा १.५ लिटरको टर्बोचार्ज्ड रेञ्ज एक्सटेन्डर इन्जिन छ । ब्याट्री LFP वा ternary NMC प्रकारको हुन सक्छ जसको क्षमता ३६ kWh वा ५२ kWh हुन्छ । CLTC का अनुसार गाडीको रेन्ज क्रमशः २०१ किमि र ३१० किमि रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register