वाइडबडी प्रकरणः संसदीय छानबिन समिति बनाउन रास्वपाको माग 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको अनियमितताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।  प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले संसदीय छानबिन समिति बनाउन माग गरेका हुन् ।  उनले नेपाली मूलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको र नेपालमा उक्त प्रकरणका छानबिन […]

Jan 7, 2025 - 08:47
 0
वाइडबडी प्रकरणः संसदीय छानबिन समिति बनाउन रास्वपाको माग 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको अनियमितताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ । 

प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले संसदीय छानबिन समिति बनाउन माग गरेका हुन् । 

उनले नेपाली मूलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको र नेपालमा उक्त प्रकरणका छानबिन गर्ने निकायमाथि नै अदालतले प्रश्न उठाएको बताउँदै छानबिन समिति गठन गर्न माग गरेका छन् । 

सांसद खनालले वाइडबडी जहाज खरिद गर्दा भएको भनिएको आर्थिक अनियमितताको विषयमा संसदीय छानबिन समिति बनाएर स्वतन्त्र छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register