आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भागदौड, चार जनाको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिएको छ । जसमा चार जनाको मृत्यु भएको छ । मन्दिरको वैकुण्ठ गेटमा दर्शनका लागि टोकन बाँड्ने क्रममा यो घटना भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । तिरुमाला हिल्समा अवस्थित भगवान वेंकटेश्वर स्वामी मन्दिरमा धेरै भक्त वैकुण्ठद्वार दर्शनका लागि टिकट लिन हतार गरिरहेका थिए । […]

Jan 9, 2025 - 01:30
 0
आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भागदौड, चार जनाको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिएको छ । जसमा चार जनाको मृत्यु भएको छ ।

मन्दिरको वैकुण्ठ गेटमा दर्शनका लागि टोकन बाँड्ने क्रममा यो घटना भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

तिरुमाला हिल्समा अवस्थित भगवान वेंकटेश्वर स्वामी मन्दिरमा धेरै भक्त वैकुण्ठद्वार दर्शनका लागि टिकट लिन हतार गरिरहेका थिए । यसबीच भागदौड भएको हो । यसबाट कैयौं घाइतेसमेत भएको बताइएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले भागदौडमा चार श्रद्धालुको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

माघ १० गतेदेखि सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि भारतभरबाट सयौँ भक्तजनको घुइँचो लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register