तीनकुने घटना : अनुसन्धानका लागि प्रहरीले माग्यो सूचना

काठमाडौं । तीनकुने घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले सर्वसाधारणसँग सूचना माग गरेको छ । प्रहरीले फोटो, भिडिओ तथा संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । सूचना जारी गर्दै प्रहरीले भनेको छ, “मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत […]

Mar 30, 2025 - 09:39
 0
तीनकुने घटना : अनुसन्धानका लागि प्रहरीले माग्यो सूचना

काठमाडौं । तीनकुने घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले सर्वसाधारणसँग सूचना माग गरेको छ ।

प्रहरीले फोटो, भिडिओ तथा संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।

सूचना जारी गर्दै प्रहरीले भनेको छ, “मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरूसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनुहुन अनुरोध छ ।”

प्रहरीले सूचना र सूचनाकर्ताको गोपनीयता कायम राख्ने पनि जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register