लस एन्जलसमा लागेको आगो लगातार फैलिँदै : ५ जनाको मृत्यु, आपत्‌काल घोषणा

काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो । वनमा लागेको आगलागीका कारण थप तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए । पाँच जनाको मृत्यु अल्टाडेना क्षेत्रको इटनमा […]

Jan 9, 2025 - 04:54
 0
लस एन्जलसमा लागेको आगो लगातार फैलिँदै : ५ जनाको मृत्यु, आपत्‌काल घोषणा

काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो ।

वनमा लागेको आगलागीका कारण थप तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

पाँच जनाको मृत्यु अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीका कारण भएको बीबीसीको समाचारमा उल्लेख छ ।

लस एन्जलस काउन्टी फायर चीफ एन्थोनी मार्रोनका अनुसार इटनको आगो अहिले १० हजार ६०० एकड जमिनमा फैलिसकेको छ । धेरैतिर फैलिएकाले नियन्त्रणमा आउन सकेको छैन ।

उनले भने, ‘दुर्भाग्यवश पाँच नागरिकको मृत्यु भएको छ र केही घाइते भएका छन् । हालसम्म एक हजारभन्दा बढी घर तथा भवनहरू क्षतिग्रस्त वा पूर्णरुपमा ध्वस्त भएका छन् ।’

लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार फैलिरहेको छ । आगो अझै फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै यहाँ आपत्‌काल घोषणा गरिएको छ । र, सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

बिहीबार बिहान हवाइजहाजको सहयोगमा पानी छर्केर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register