सिन्धुलीगढी युद्ध संग्रहालयमा बढ्यो पर्यटकको चहलपहल (तस्विरहरू)

काठमाडौँ । सिन्धुलीगढी युद्ध संग्रहालयमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । नेपाललाई उपनिवेश बनाउन आएको इस्ट-इन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लामा युद्ध संग्रहालयको रुपमा विकास गरिएसँगै अहिले बिपी राजमार्ग भएर यात्रा गर्नेहरू संग्रहालय क्षेत्रमा उक्लने गरेका छन् । वि. सं.  १८२४ मा भएको नेपाल-अंग्रेज युद्धको ऐतिहासिक दस्तावेज […]

Feb 7, 2025 - 08:54
 0
सिन्धुलीगढी युद्ध संग्रहालयमा बढ्यो पर्यटकको चहलपहल (तस्विरहरू)

काठमाडौँ । सिन्धुलीगढी युद्ध संग्रहालयमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । नेपाललाई उपनिवेश बनाउन आएको इस्ट-इन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लामा युद्ध संग्रहालयको रुपमा विकास गरिएसँगै अहिले बिपी राजमार्ग भएर यात्रा गर्नेहरू संग्रहालय क्षेत्रमा उक्लने गरेका छन् ।

वि. सं.  १८२४ मा भएको नेपाल-अंग्रेज युद्धको ऐतिहासिक दस्तावेज संग्रहित गरी नेपाली सेनाले सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण गरेको हो । नेपालकै प्रथम युद्ध संग्रहालयको रूपमा रहेको सो संग्रहालयको उद्धघाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

सो युद्ध संग्रहालयमा त्यस समयमा गोर्खाली सेनाले प्रयोग गरेका हातहतियार, बाजागाजा, लगायत एतिहासिक सामग्रीहरू राखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register