एनकेएल खेल्न नेपाल आइपुगे ३ श्रीलङ्कन खेलाडी

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि श्रीलङ्काबाट तीन खेलाडी आएका छन् । श्रीलङ्काका अहन्गामा पोलवाथा गालापाथिगे, लक्ष्ममोहन थानुसान र दिलान सन्जय काठमाडौं आइपुगेका हुन् । थानुसन र सन्जय जनकपुर नाइट्सबाट खेल्दैछन् । गालापाथिगेले भने एनकेएलमा धनगढी वाइल्डक्याट्सबाट खेल्ने छन् । फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करण माघ ४ गतेदेखि १८ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा […]

Jan 10, 2025 - 09:45
 0
एनकेएल खेल्न नेपाल आइपुगे ३ श्रीलङ्कन खेलाडी

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि श्रीलङ्काबाट तीन खेलाडी आएका छन् ।

श्रीलङ्काका अहन्गामा पोलवाथा गालापाथिगे, लक्ष्ममोहन थानुसान र दिलान सन्जय काठमाडौं आइपुगेका हुन् ।

थानुसन र सन्जय जनकपुर नाइट्सबाट खेल्दैछन् । गालापाथिगेले भने एनकेएलमा धनगढी वाइल्डक्याट्सबाट खेल्ने छन् ।

फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करण माघ ४ गतेदेखि १८ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ । यसमा विदेशी १८ खेलाडी सहभागी हुँदैछन्, जसमा थाइल्यान्डका ६, बङ्गलादेशका ६, श्रीलङ्काका ३ र केन्याका ३ खेलाडी छन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register