विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । ३ बजेदेखि सुरु भएको बुधबारको दोस्रो बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरिएको जानकारी गराएका हुन् । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि बिहान ११ बजे बसेको बैठक आधा घण्टाका लागि स्थगित […]

Mar 26, 2025 - 09:41
 0
विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

३ बजेदेखि सुरु भएको बुधबारको दोस्रो बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरिएको जानकारी गराएका हुन् ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि बिहान ११ बजे बसेको बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

३ बजेदेखि सुरु भएको दोस्रो बैठकमा पनि उनीहरुले प्रधानमन्त्री नै उपस्थित भएर जवाफ दिनुपर्ने माग राखेपछि सभामुखले स्थगित गरेका हुन् ।

अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register